२५ साउन, २०७७
काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ०७६\७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष ७६\७७ को चौथो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब ३० करोड कुल बीमा शुल्क आर्जन गरेको छ । आर्थिक वर्ष ७५\७६ को चौथो त्रैमासमा कम्पनीले २ अर्ब ९५ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । त्यस्तै समीक्षा अवधिमा खुद बीमा शुल्क आर्जन रकम पनि २ अर्ब ८६ करोडबाट वृद्धि भएर ३ अर्ब २६ करोड पुगेको छ ।
कम्पनीको जीवन बीमा कोष ८ अर्ब ९० करोडबाट वृद्धि भएर ११ अर्ब ४७ करोड पुगेको छ । २ अर्ब २५ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ८८ करोड ९८ लाख रुपैयाँ रहेको छ । कम्पनीको खुद मुनाफा भने घटेको छ । आर्थिक वर्ष ७५\७६मा ३१ करोड ३० लाख खुद मुनाफा गरेको कम्पनीले अहिले आर्थिक वर्ष ७६\७७ को चौथो त्रैमासमा भने २९ करोड ८५ लाख खुद मुनाफा गरेको छ ।
कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १३ रुपैयाँ २२ पैसा रहेको छ भने किताबी मूल्य १४५ रुपैयाँ ५६ पैसा रहेको छ । तर जीवन बीमा कम्पनीहरुको वास्तविक नाफा भने बीमांकीय मूल्याङ्कनपछि मात्र देखिन्छ ।
प्राइम लाईफको कुल ३ अर्ब ३० करोड बीमा शु्ल्क आर्जन
आर्थिकसंसार संवाददाता
- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने