News Portal

  • मौद्रिक नीतिको समीक्षा नगरे पनि हुन्छ, अर्थमन्त्रीसँग कुनै विवाद छैन

    आर्थीकसंसार संवाददाता१५ मंसिर, २०८०
    १११ पटक
    १५ मंसिर, २०८०

    काठमाडौं । पछिल्लो समय अर्थतन्त्रको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी हुने गरेका छन् । कतिपयले अर्थतन्त्र ठूलो समस्यामा गयो भनेर धारणा राखिरहेका छन् भने कतिपयले त्यति धेरै समस्या छैन पनि भनिरहेका छन् । नकारात्मक विषयलाई अगाडि ल्याउने चलन समाजमा व्याप्त छ । यर्थात भएको कुरालाई क्यास नगर्ने समाजको प्रवृति छ ।

    हो, अर्थतन्त्र संरचनात्मकरूपमा समस्यामा छ । हाम्रो अर्थतन्त्र रेमिट्यान्समा टिकेको छ । हामी धेरैभन्दा धेरै रेमिट्यान्समा निभर्नर हुन थालेका छौं । आन्तरिक उत्पादनलाई बढाउने काम राज्यको तर्फबाट प्रयास भइरहेको छ । तर, पर्याप्त छैन । अब सबैको सहकार्य र समन्वयले आन्तरिक उत्पादनलाई बढाउनु पर्ने र स्वदेशी उत्पादनलाई प्राथमिकतामा दिनु पर्छ । सरकारले पनि सोही किसिमको नीति अघि सार्नु पर्छ ।

    कहिलेकाहीँ अर्थमन्त्री र गभर्नरबीच मनमुटाव भएको, विवाद भएको लगायत विषयहरू बाहिर आउने गरेका छन् । तर, हामीबीच कुनै समस्या छैन । राज्यका चारवटै क्षेत्रमा समस्या छैन । बैंकिङ क्षेत्रको स्थायित्व जरूरी हुन्छ । त्यसमा लागि हामी काम गरिरहेका छौं । पछिल्लो समय खराब कर्जा र कर्जाको गुणस्तरमा पनि समस्या देखिरहेको छ । यो कारण भनेको केही कसिलो नीति लिएर पनि हो । त्यो, स्वभाविक हो, यस्तो अवस्थामा केही कडाइ पनि गर्नु पर्छ । अहिले नेट एनपीए डेढ प्रतिशतभन्दा माथि पुगेको छैन । बैंकिङ प्रणाली सुरक्षित र साउण्ड छ ।

    यस्तै, केही समयअघि हामीले भोगेको समस्या हो विदेशी मुद्राको सञ्चितीको । वाह्य क्षेत्रका विषयमा हामी केही चिन्तित थियौं । अहिले हामीसँग १२ महिना भन्दा धेरै समयको वस्तु आयात गर्नसक्ने क्षमता छ । राज्य र निजी क्षेत्रले काम गर्न खोज्दा कुनै अप्ठ्यारो नहुने अवस्था छ ।हामीसँग प्रयाप्त मात्रामा विदेशी मुद्राको सञ्चिति छ ।

    वास्तविक क्षेत्र हेर्दा पर्यटनको अवस्था राम्रो छ । केही व्यवसायीलाई समस्या छ । तर, त्यो समस्याको कारण पनि हामलिाई थाहा छ । आफ्नो घाँटी नहेरी हड्डिको साईज लिनुहुन्छ र राज्यलाई दोष दिनुहुन्छ ? हामीले क्षेत्रगतरूपमा अध्ययन गरेका छौं । ८/९ प्रतिशत ब्याजमा कर्जा लिने व्यवसायी धेरै छन् । यदि कसैले १६/१७ प्रतिशत ब्याज लिएका छन भने राष्ट्र बैंक आउनुस् । हामी बढी लिएको ब्याज फिर्ता गराउँछौ । हामीले ब्याजदर बजारलाई छोडेका छौं । माइक्रोम्यानेजमेन्ट गरेका छैनौं । राष्ट्र बैंकले ४ प्रतिशतको स्प्रेडमा बैंकहरूलाई दिइएको छ ।

    आर्थिक वृद्धिदरको विषयमा पनि बहस हुन्छ । त्यो बहस हुनु स्वभाविक हो । गत साल हाम्रो आर्थिक वृद्धिदर कम रह्यो यो वर्ष बिगत १० वर्षको औसतभन्दा कम हुँदैन । वित्तीय क्षेत्रमा राजस्व कम उठ्यो भन्ने विषय पनि छ । बजार सिफ्ट भैरहेको छ । बजार अनलाइन बिजनेसमा गइरहेको छ । गाडीबाट आउने राजस्व कम उठेको छ । हामीले ईभीलाई प्रोत्साहन गरिरहेका छौँ । सिथिलताको अवस्थामा इन्टरभेन्सन गर्ने भनेको खर्चमा नै हो । मौद्रिक नितिलाई दोष दिने काम भैरहेको छ । मौद्रिक नितिको आफ्नै सीमा हुन्छ । हामी सबैको धारणा बदल्न जरूरी छ ।

    अहिले कुनै पनि काम गर्न बैंकसँग प्रयाप्त स्रोत छ । अहिले लगानी नभएकोले हामीले बैंकबाट १ प्रतिशत ब्याजमा मा लिनु पर्यो । हुन त राष्ट्र बैंकको नीतिको विरोध गरिरहनुभएको छ, सबैले भन्दिनुपर्यो कुनचाहीँ बुँदा के गर्नु पर्ने हो । पछिल्लो समय मौद्रिक नीतिको समिक्षा भएन भन्ने काम भएको छ । त्यो समीक्षा नगरे पनि हुन्छ । तर, ढिलो गर्दा केही डाटा पनि आएका छन् । राष्ट्र बैंक आफ्नो उदेश्यभन्दा बाहिर छैन । रिफर्मको प्रक्रियामा छ । हामीले पनि नयाँ समिति बनाएर अगाडि बढ्ने काम गरिरहेका छौं ।

    (गभर्नर अधिकारीले काठमाडौंमा आयोजित एक कार्यक्रममा राखेको धारणाको सम्पादित अंश)

    प्रतिकृया दिनुहोस्