News Portal

  • आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठानबीच नगदरहित सेवा सम्झौता

    आर्थीकसंसार संवाददाता१५ मंसिर, २०८०
    १९५ पटक
    १५ मंसिर, २०८०

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र भक्तपुरको भीमसेनस्थानमा रहेको सिद्धि स्मृति प्रतिष्ठान बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी श्री उज्ज्वल ढुंगाना र सिद्धि स्मृति प्रतिष्ठानका संचालन निर्देशक श्री अनिल राजभण्डारीले हस्ताक्षर गर्नुभयो । यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमासम्म सिद्धि स्मृति प्रतिष्ठानबाट नगद रहित हस्पिटलाईजेशस (Cashless Hospitalization) प्राप्त गर्न सकिने छ ।

    साथै, सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी श्री उज्ज्वल ढुंगानाले सिद्धि स्मृति प्रतिष्ठानले आफना ग्राहक महानुभावहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस (Cashless Hospitalization) सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्य महानुभावहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गर्नुभयो ।

    प्रतिकृया दिनुहोस्