News Portal

  • माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

    आर्थीकसंसार संवाददाता६ मंसिर, २०८०
    १२४ पटक
    ६ मंसिर, २०८०

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक बैंकको बोनस सेयर सूचीकृत भएको छ । बुधबार नेप्सेमा माछापुच्छ्रे बैंकको बोनस सेयर सूचीकृत भएको हो ।

    बैंकको १३.३० प्रतिशत बोनस अर्थात् १ करोड ३६ लाख ४२ हजार १७ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

    बैंकको असोज १८ गते सम्पन्न २५औं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश पारित गरेको थियो ।

    प्रतिकृया दिनुहोस्