काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले ६६ करोड रुपैयाँको ६६ लाख कित्ता आईपिओ अनुमोदन गर्दै सम्पन्न भएको ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले जनाएको छ ।
कार्तिक २६ गते बुधबार कम्पनीको कर्पाेरेट कार्यालय ज्ञानेश्वर, काठमाडौंमा सम्पन्न भएको साधारणसभाले आव २०७५/०७६ को वित्तीय विवरण, लेखा परीक्षण प्रतिवेदन स्वीकृत गरेको छ । वित्तीय विवरण स्वीकृत गरेसँगै कम्पनीलाई आईपीओ जारी गर्ने बाटो खुलेको छ । कम्पनीले ६६ करोड रुपैयाँको आईपीओ सम्भ्वतः मंसिर महिनाभित्रैमा जारी गर्नेछ । कम्पनीको हाल चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ छ । आईपीओ जारी गरेपछि कम्पनीको कूल चुक्ता पुँजी एक अर्ब २० करोड पुग्नेछ । सम्पन्न साधारणसभाले साधारणसभामा कम्पनीका अध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको प्रथम बीमाशुल्क तथा नवीकरण शुल्क कुल एक अर्ब एक करोड ७५ लाख ८८ हजार ४९ रुपैयाँ संकलन गरेको तथा ६९ करोड २४ लाख ६५ हजार ८६३ रुपैयाँ मात्रको जीवन बीमाकोष समेत खडा गरेको जानकारी दिएका छन् । कम्पनीले गरेको लगानीको औषत प्रतिफल १०.५० प्रतिशत रहेको जानकारी गराउँदै यस आर्थिक वर्षमा कम्पनीले १८ करोड ७२ लाख ३२ हजार ०६१ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिँदै उल्लेखित विवरणहरु पारित गरेको छ ।
साधारणसभामा कम्पनीका सिईओ प्रकाश विक्रम खत्रीले हालसम्म कम्पनीले ११७ वटा शाखा तथा उपशाखाहरु ७२ जिल्लामा स्थापना गरी जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको जानकारी दिए । साथै उनले आब ०७५÷०७६ मा कुल रु. १० करोड ७८ लाख ७४ हजार ७२६ रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरी कम्पनीको प्रति शेयर मूल्य रु. १२०.७९ पुर्याई अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा शेयर किताबी मूल्यमा समेत ११.१७ प्रतिशतले बृद्घि गर्दै बीमितलाई प्रदान गर्ने बोनस दरमा समेत उल्लेख्य बृद्घि गर्न सफल भएको जानकारी गराएको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
ज्योति लाईफको तेस्रो वार्षिक साधारणसभा सम्पन्न
आर्थीकसंसार संवाददाता२६ कार्तिक, २०७७
२६ कार्तिक, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान