News Portal

  • राष्ट्रिय वाणिज्य बैंक र खजुरा गाउँपालिकाबीच कर्जा दिनेसम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता२६ कार्तिक, २०७७
    १९१३ पटक
    २६ कार्तिक, २०७७

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र खजुरा गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जा दिने सम्बन्धी सम्झौता भएको छ । बैंकले उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंकले बाँकेको खजुरा गाँउपालिकामा उद्यम गर्ने युवालाई सहुलियतपूर्ण कर्जा दिन लागेको हो । यसै सम्बन्धमा बैंक र सो गाउँपालिकाबीच सम्झौता भएको छ । सम्झौतामा बैंकका लुम्बिनी प्रादेशिक प्रबन्धक आनन्द सुवेदी र गाँउपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले हस्ताक्षर गरे ।
    सम्झौतापछि गाँउपालिकाले आफ्नो क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्नेछ । यसरी तालिम प्राप्त व्यक्तिलाई गाउँपालिकाले कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ । सिफारिसमा परेका उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने जनाएको छ ।
    कार्यक्रममा बैंंकका लुम्बिनी प्रादेशिक प्रबन्धक सुवेदीले यस्तो कर्जाले निर्वामुखी कृषि उत्पादनलाई व्यवसायीकरण गरी देशलाई समृद्धसँग जोड्न सघाउ पुर्याउने बताए । गाउँपालिकाका अध्यक्ष कक्षपतिले यस्तो कर्जाको उपभोगबाट व्यक्तिको आफ्नो आर्थिकस्तर उकास्न सघाउ पुग्ने र कर्जामा गाउँपालिकाको संस्थागत ग्यारेण्टी हुने बताए ।

    प्रतिकृया दिनुहोस्