काठमाडौं । आइपीओ जारी गर्ने तयारीमा रहेको सिटिजन लाइफ इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमास सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
नयाँ जीवन बीमा कम्पनी सिटिजन लाइफको बीमा शुल्क आर्जन २ अर्ब नजिक पुगेको छ । आर्थिक वर्ष ०७/७६ को चौथो त्रैमासमा १ अर्ब १२ करोड खुद बीमा शुल्क आर्जन गरेकोमा आर्थिक वर्ष ०७६/७७ मा १ अर्ब ९२ करोड खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । यसरी नयाँ जीवन बीमा कम्पनी भए पनि छोटो समयमा नै कम्पनीले आक्रामक व्यापार गर्दै आएको छ ।
समीक्षा अवधिमा खुद मुनाफा पनि १५ करोड ३६ लाखबाट वृद्धि भएर २० करोड माथि पुगेको छ । तर जीवन बीमा कम्पनीहरुको वास्तविक नाफा भने बीमांकीय मूल्याङ्कनपछि मात्र देखिन्छ । कुल बीमा शुल्क आर्जन यस वर्ष १ अर्ब ९६ करोड पुग्दा कम्पनीमा कायम कुल बीमालेख संख्या १ लाख २४ हजार रहेका छन् ।
१ अर्ब ७५ करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ४९ करोड ६१ लाख रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा १ अर्ब ६७ करोड रहेको छ । कम्पनीले महा विपत्ति जगेडामा ४ करोड २७ लाख रुपैयाँ राखेको देखिन्छ ।
समिक्षा अवधिमा कम्पनीले आक्रामक रुपमा जगेडा कोष, जीवन बीमा कोषको आकार वृद्धि गर्न सफल भएको छ ।
सिटिजन लाइफको बीमा शुल्क आर्जन दुई अर्ब नजिक
आर्थिकसंसार संवाददाता२५ साउन, २०७७
२५ साउन, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान