News Portal

  • उपत्यकामा थप १ हजार ४ सय २८ जनामा कोरोना पुष्टि

    आर्थीकसंसार संवाददाता२४ कार्तिक, २०७७
    १७०० पटक
    २४ कार्तिक, २०७७

    काठमाडौं । उपत्यकामा बितेको २४ घण्टामा थप १ हजार ४ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ६ सय ३० महिला र ७ सय ९८ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर ३६ हजार १ सय ७४ जना सक्रिय संक्रमित रहेका छन् । त्यसमध्ये काठमाडौंमा १५ हजार ९ सय २८, ललितपुरमा २ हजार २ सय ५९ र भक्तपुरमा १ हजार १ सय ४३ जना सक्रिय संक्रमित रहेका छन् ।
    कोरोना भाइरसबाट थप १८ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार १ सय २६ पुगेको छ ।
    यस्तै बितेको २४ घण्टामा देशभर थप २ हजार ५ सय ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार थप १ हजार ७ सय ९८ जना निको समेत भएका छन् ।
    मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमित १ लाख ९७ हजार २४ जना हुँदा १ लाख ५९ हजार ७२४ जना संक्रमण मुक्त भएका छन् । मन्त्रालयले कोरोना निको हुने दर ८१ प्रतिशत रहेको जनाएको छ । हालसम्म १५ लाख ५१ हजार २ सय ५४ जनाको पीसीआर परीक्षण भएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्