News Portal

  • स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा सुदर्शन पौडेल नियुक्त

    आर्थीकसंसार संवाददाता२२ कार्तिक २०७७
    ११६३ पटक
    २२ कार्तिक २०७७

    काठमाडौं । नेपाल सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमासुदर्शन पौडेललाई नियुक्त गरेको छ । गत बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई चार वर्षका लागि बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रिपरिषदमा पौडेललाई कार्यकारी प्रमुखमा नियुक्त गर्ने प्रस्ताव पेश गरेको जनाइएको छ ।
    लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा गठित कार्यकारी निर्देशन छनौट समितिले कूल आठ जना उम्मेदवारलाई आयोगमै प्रस्तुतीकरण गर्न लगाई अन्तर्वार्ताको माध्यमबाट जाँच लिई अन्तिम तीन जनाको नाम नियुक्तीका लागि स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको थियो । लोकसेवाले डा. दामोदर बसौला र डा. कृष्णप्रसाद अधिकारी र सुदर्शन पौडेलको नाम सिफारिस गरेको थियो ।

    प्रतिकृया दिनुहोस्