News Portal

  • सन नेपाल लाइफद्धारा स्वास्थ सामाग्री बितरण

    आर्थीकसंसार संवाददाता७ असोज, २०८०
    १६१ पटक
    ७ असोज, २०८०

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पालुङ मकवानपुरले छैटौं बार्षिक उत्सवको अवसरमा स्वास्थ सामाग्री बितरण गरेको छ । सो अवसरमा थाहानगपालिका मकवानपुरमा रहेको प्राथमिक स्वास्थ केन्द्रलाइ ४ थान व्हिल चेयर, ४ थान डिजिटल बिपि मनिटर मेसिन र अन्य स्वास्थ सामाग्री सहित स्वास्थ केन्द्र पालुङका प्रमुख डाक्टर गगन कार्किलाइ हस्तान्तरण गरेको हो ।

    कार्यक्रममा प्रमुख अतिथी थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्ट ,सन नेपाल लाइफ इन्स्योरेन्स प्रधान कार्यालयका सहायक महाप्रबन्धक चुडामणि सुवेदी , उधोग वाणिज्य संघ पालुङ्का अध्यक्ष पुरुषोत्तम ढकाल ,पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष प्रकाश पौडेल लगायतको उपस्थिती रहेको थियो ।

    सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले हरेक बर्ष सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक क्षेत्रमा सहयोग पुर्याउदै जीवन बीमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम गर्दै आएको छ । कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका हेटौंडा शाखा प्रबन्धक पवन थापा मगरको सभाअध्यक्षतामा सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस्