News Portal

  • राष्ट्र बैंकद्वारा गाईको चित्र अंकित ‘मेडालियन सिक्का’ सार्वजनिक

    आर्थीकसंसार संवाददाता७ असोज, २०८०
    ११२ पटक
    ७ असोज, २०८०

    काठमाडौं । राष्ट्रिय जनावर गाईको चित्र अड्ढित ‘मेडालियन सिक्का’ सार्वजनिक गरेको छ ।

    नेपाल राष्ट्र बैंक, टक्सार महाशाखा सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना मेशिनहरू मर्मत सम्भार मुद्रणसम्बन्धी कार्य आरम्भ गरेको छ ।

    यसै सिलसिलामा महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ को बिक्री वितरण सुरु गरेको छ ।

    बबरमहलस्थित टक्सार महाशाखामा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरे । महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का २०८० असोज ७ गते टकमरी गरी बिक्री सुरु गरेको हो ।

    १० ग्राम सिक्काको १ हजार ६सय र २५ ग्राम सिक्काको ४ हजार रुपैयाँ निर्धारण गरिएको छ । बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको जानकारी टक्सार महाशाखाले दिएको छ ।

    दुवै सिक्कामा ९९९ टचको चाँदीको प्रयोग गरिएको छ । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ । सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ ।

    बैंक सञ्चालक समितिको जेठ १९ गते बसेको बैठकले उक्त १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो ।

    प्रतिकृया दिनुहोस्