News Portal

  • कुनै पनि हालतमा प्रधानमन्त्री पदबाट राजीनामा दिन्नँः प्रम ओली

    आर्थीकसंसार संवाददाता१९ कार्तिक, २०७७
    १९१४ पटक
    १९ कार्तिक, २०७७

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नदिने बताएका छन् । प्रम ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए मुलुकको स्थिति बर्बाद हुने भएकाले आपूmले राजीनामा नदिने बताएका हुन् । प्रम ओलीले आफूले राजीनामा दिनु भनेकै देशलाई बर्बादीतर्फ धकेल्नु भएको बताएका छन् ।
    प्रम ओलीले बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले कुनै पनि परिस्थितिमा आपूmले राजीनामा नदिने बताएका हुन् ।
    पछिल्लो समय नेकपा पार्टी भित्रैबाट राजीनामा दिन दबाब तीव्र गतिमा बढेको अवस्थामा प्रम ओलीले देशको रक्षाको लागि भए पनि राजीनामा नदिने स्पष्ट पारेका हुन् ।
    सो कार्यक्रममा ओलीले ‘तपाईहरु विचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ ? राजीनामा दिन मिल्छ ? मेरो लागि होइन देशको लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु हो । त्यसैले म कुनै पनि परिस्थितिमा राजीनामा दिनेवाला छैन । त्यो मैले दोहोर्याएर भनेको छु फेरी केहीले प्रधानमन्त्रीको राजीनामा खोइ त ? भनेर मागिराखेका छन् । बेकारको कुरा हो भन्ने सोच्छु ।’, उनले भने । कुनै पनि जालझेल तथा तिकडमबाट नभई व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छ कि भन्ने दुविधामा नपर्नसमेत आग्रह गरे । सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो रहरले भन्दा पनि जनताको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको समेत बताए । यहाँसम्म पुगेको व्यापक जनसमर्थनबाट हो । त्यसकारण तपाईहरु ढुक्क भएर काममा लाग्नुस् । यो सरकार फेरिन्छ कि बदलिन्छ कि भनेर अनेक प्रकारका कोसिसहरु गरे । भित्र, बाहिर अनेक थरिका कोसिसहरु आए । जेमा पनि आलोचना मात्रै गर्ने । त्यस प्रकारका प्रवृतिहरु छन्, त्यसबाट प्रभावित हुन नहुनसमेत उनले भने ।
    एकथरी व्यक्तिहरु देशमा अस्थिरता निम्त्याउन लागि रहेको समेत प्रधानमन्त्री ओलीले बताए । उनले भने ‘एकथरी अस्थिरताको खेती गरिरहने देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने प्रयासहरु गर्ने बानी नै परेको छ र एडिक्टसमेत भएका छन् कोही ।’

    प्रतिकृया दिनुहोस्