News Portal

  • सूर्या लाईफ इन्स्योरेन्सका सिईओ शिवनाथ पाण्डेको राजीनामा

    आर्थीकसंसार संवाददाता१९ कार्तिक, २०७७
    १५३६ पटक
    १९ कार्तिक, २०७७

    काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्सका सिईओ शिवनाथ पाण्डेले आफ्नो सिईओ पदबाट राजीनामा दिएका छन् । उनको कार्यकाल तीन महिना बाँकी छँदै गत सोमबार पदबाट राजीनामा दिएका हुन् । सिईओ पाण्डेले दिएको राजीनामा स्वीकृत हुन भने बाँकी छ । सिईओ पाण्डेले आगामी मंसिर १ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् । पाण्डेले आफ्नो व्यक्तिगत व्यवसाय गर्ने उद्देश्यले राजीनामा दिएको बताए । उनले भने, ‘अब आफैंले केही गर्ने सोचेको छु । कोरोना महामारी पनि छ । आराम गर्ने र आफ्नो व्यवसाय गर्ने सोच बनाएको छु बताउनु भएको छ ।’

    प्रतिकृया दिनुहोस्