News Portal

  • १० वर्षमा कृषि गर्नेको संख्या साढे ७ प्रतिशतले बढ्यो, ३ लाख हेक्टर कृषियोग्य जग्गा घडेरीमा परिणत

    आर्थीकसंसार संवाददाता२१ भदौ, २०८०
    २६७ पटक
    २१ भदौ, २०८०

    काठमाडौं । १० वर्षको अवधिमा खेति गर्नेको संख्या ७.६१ प्रतिशतले बढेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको कृषि गणनाको नतिजा अनुसार १० वर्षको अवधिमा खेतिपाती गर्नेको संख्या सो अनुपातले बढेको हो ।

    कृषि गणना २०७८ को सार्वजनिक तथ्यांक अनुसार ३९ लाख ९९ हजार परिवार खेतीपाती आवद्ध छन् भने १ लाख ३२ हजारले पशुपंक्षी मात्र पाल्ने गरेका छन् ।

    २०६८ को विवरण अनुसार ३७ लाख १६ हजार परिवार खेतिमा र १ लाख १६ हजार पशुपंक्षी पालनमा थिए । हरेक १० वर्षमा हुने गणनाको नतिजा कार्यालयले बिहीबार सार्वजनिक भएको हो ।

    राष्ट्रिय कृषि गणना २०७८ अनुसार मुलकमा अहिले २२ लाख हेक्टर जग्गामा मात्रै कृषि कार्य भइरहेको छ । विगत १० वर्षमा ३ लाख हेक्टर कृषियोग्य जग्गा घटेको तथ्यांकले देखाएको छ ।

    राष्ट्रिय कृषि गणना २०६८ मा २५ लाख हेक्टर कृषियोग्य जमिन थियो । हाल २२ लाख हेक्टर मात्रै कृषियोग्य जमिन छ । अस्थायी बाँझो जग्गा दोब्बरले बढेको कृषि गणनाले देखाएको छ । कृषि गणना २०६८मा ३० हजार हेक्टर अस्थायी बाँझो जग्गा भएपनि अहिले ६० हजार हेक्टर जग्गा अस्थायी बाँझो छ ।

    प्रतिकृया दिनुहोस्