News Portal

  • १८४ यात्रुबाहक जहाज भारतको केरलामा दुर्घटनाग्रस्त हुँदा २० जनाको मृत्यु

    आर्थिकसंसार संवाददाता२४ साउन, २०७७
    ७५४ पटक
    २४ साउन, २०७७
    काठमाडौं । दुबईबाट भारत आउँदै गरेको एयर इण्डियाको बोईङ ७३७ जहाज अवतरणको क्रममा गएराति भारतको केरलास्थित कोझिकोडे कलिकुट विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । १८४ यात्रु बोकेर आएको एयर इण्डिया एक्सप्रेसको सो जहाजका चालक दलका चार जना सदस्य सहित २० जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाईम्सले जनाएको छ । तर, बेलायती संचार संस्था डेली मेलले भने जहाजमा १९१ जना रहेकोज जनाएको छ । घाइते मध्ये चार जना यात्रु भग्नावशेषभित्र च्यापिएका थिए । जहाजमा १७४ यात्रु, १० जना बालबालिका, २ जना पाइलट र पाँच जना क्याविन क्रू थिए ।

    दुबईबाट केरलास्थित कोझिकोडे विमानस्थलमा अवतरण गर्नु अघि जहाजले दुई राउण्ड आकाशमै फन्को मारेको फ्लाईट राडारले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । हिजो साँझ ७ः४५ बजे अवतरणको क्रमको धावनमार्गमा अवतरणको क्रममा जहाज चिप्लिएर ३५ फिट परेको खोचमा खसेर दुर्घटनाग्रस्त भएको थियो । जहाज दुुई टुक्रा भएर भाँचिएको छ । तत्काल आपतकालिन उद्धार गरिएका कारण जहाजमा आगो लाग्न नपाएको र धेरै मानिसको ज्यान जोगिएको छ । घटनामा १२३ जना घाइते छन् । सो घटनापछि केरलाको कोझिकोडे विमानस्थल बन्द गरिएको छ ।

    बोईङ ७३७ जहाज दुबईबाट यात्रु लिएर आएको थियो । उच्च वर्षाको कारण पहिलो प्रयासमा अवतरण गर्न नसकेपछि सो जहाज धावन मार्गमाथि आएर ओभरसूट गरिएको थियो । पुनः फन्को मार्दै २० मिनेट आकाशमा विताएर अवतरण गरेको जहाज खराव मौषममा जबरजस्ती अवतरण गरेको कारण दुर्घटनामा परेको अनुमान गरिएको छ ।

    दुर्घटनामा तीन अर्बदेखि पाँच अर्ब पर्ने जहाज पूर्ण क्षति भएको छ भने यात्रु बीमा बापतको करोडौं रुपैयाँको भार बीमा कम्पनीमाथि परेको छ ।

    प्रतिकृया दिनुहोस्