News Portal

  • ज्योति लाइफ इन्स्योरेन्सको नाफा ९१ प्रतिशतले बृद्धि

    आर्थीकसंसार संवाददाता१८ कार्तिक, २०७७
    १८०६ पटक
    १८ कार्तिक, २०७७

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा खुद बीमाशुल्क करिब शतप्रतिशत अर्थात ९८.७९ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्ष २०७६/७७ को असोज मसान्तसम्म २६ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको कम्पनीले चालु आवको सोही अवधिसम्म ५२ करोड ५३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन रकमका आधारमा २६ करोड १० लाख रुपैयाँले बढी हो ।
    त्यस्तै, कम्पनीको खुद बीमाशुल्कसँगै खुद नाफामा बृद्धि भएको छ । यस अवधिमा कम्पनीले खुद नाफा ९१.८७ प्रतिशतले बढाएर ७ करोड २२ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ३ करोड ७६ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
    समीक्षा अवधिमा इन्स्योरेन्सले कूल ७८ लाख ४६ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । कम्पनीले लगानी कर्जा तथा अन्यबाट ३ करोड ८३ लाख रुपैयाँ र बीमालेख धितोमा ३७ करोड १० लाख रुपैयाँ लगानी गरी सो मात्राको ब्याज आम्दानी गरेको हो ।
    एक अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ४६ करोड ५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, जीवन बीमा कोषमा २ अर्ब २५ करोड रुपैयाँ र महाविपत्ती कोषमा ५ करोड ११ लाख रुपैयाँ सञ्चित रहेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी १८.७६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३३.२३ रुपैयाँ रहेको छ ।
    इन्स्योरेन्सले हालसम्ममा ६६ हजार ११३ वटा बीमालेख जारी गरी ३ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत असोज मसान्तसम्ममा ४५ वटा दाबी बापत एक करोड ४ लाख ९२ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

    प्रतिकृया दिनुहोस्