News Portal

  • तिनाउ मिसन बैंकको विशेष साधारणसभा मङ्सिर ७ गते हुने

    आर्थीकसंसार संवाददाता१८ कार्तिक, २०७७
    १४२८ पटक
    १८ कार्तिक, २०७७

    काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकले विशेष साधारणसभा आह्वान गर्ने भएको छ । बैंकले मङ्सिर ७ गते दिउँसो १ बजे भर्चुअल माध्यमबाट सभा आह्वान गरेको हो ।
    बैंकले साधारणसभा प्रयोजनको लागि कार्तिक २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण कार्तिक २५ गतेसम्म कायम भएका शेयरधनीले सभामा भाग लिन सक्ने छन् ।
    बैंकले प्रबन्धपत्रमा प्रस्ताव गरे बमोजिम आवश्यक संशोधन गर्नको लागि सभा आह्वान गरेको जनाइएको छ । सभाले प्रबन्धपत्र वा नियमावलीमा आवश्यक संशोधन गर्नको लागि आवश्यक कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने बताएको छ ।
    मर्जपछि बनेको संस्थाको संस्थापक र सर्वसाधारण शेयर स्वामित्व हाल ६३.५६ र ३६.४४ रहेकोमा विशेष साधारणसभामा उक्त स्वामित्व अनुपात ५३.३३ र ४६.६७ बनाउने प्रस्ताव पेश हुन लागेको सूचनामा उल्लेख गरेको छ । बोनस शेयर वितरणपश्चात शेयर स्वामित्व परिवर्तन भएकोले राष्ट्र बैंकको स्वीकृतिमा संरचना परिवर्तन गर्न लागिएको हो ।

    प्रतिकृया दिनुहोस्