News Portal

  • सन नेपाल लाइफको आइपीओ बाँडफाँड सम्पन्न, भाग्यमानी ७ लाख ६८ हजारले पाए १० कित्ता

    आर्थीकसंसार संवाददाता१५ भदौ, २०७८०
    २४९ पटक
    १५ भदौ, २०७८०

    काठमाडौं । नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जारी पूँजी रु.३ अर्व २० करोडको ३० प्रतिशतले हुने रकम रु ९६ करोड वरावरको रु.१००/- अंकित दरमा ९६,००,००० कित्ता साधारण शेयर मध्ये प्रति शेयर रु. १००/- अंकित दरमा प्रिमियम रु. १३९ थप गरी जम्मा मुल्य रु. २३९ मा १०% अर्थात् ९,६०,००० कित्ता नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्विकृती प्राप्त गरि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, ५% अर्थात ४,८०,००० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई तथा कम्पनीमा कार्यरत कर्मचारीहरुलाई रु. १०० अंकित मुल्यमा ५% अर्थात ४,८०,००० कित्ता निष्काशन तथा बाँडफाँड गरी बाँकी रहेको ७६,८०,००० कित्ता साधारण शेयर मिति २०८०/०४/३२ गते देखि मिति २०८०/०५/०४ गतेसम्म सर्वसाधारणका लागि निष्काशन तथा विक्रि खुला गरिएकोमा आज मिति २०८० भाद्र १५ गते शुक्रबार उत्त शेयरको बाँडफाँड कार्यक्रम सम्पन्न गरिएको छ ।
    सर्वसाधारणका लागि छुट्याईएको शेयरका लागि १४,६६,८६२ योग्य आवेदक मध्येबाट गोलाप्रथाको माध्यमवाट ७,६८,००० जना सफल आवेदनकर्ता छनौट गरी प्रत्येक सफल आवेदनकर्तालाई न्युनतम १० कित्ताका दरले ७६,८०,००० कित्ता शेयर बाँडफाँड गरिएको छ ।
    कम्पनीले रु. १००/- अङ्कित दरमा प्रिमियम रु. १३९ थप गरी जम्मा मुल्य रु. २३९ को दरका ९६,००,००० कित्ता साधारण शेयर मध्ये नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरीएको ९,६०,००० कित्ता शेयर, कर्मचारीहरुलाई सुरक्षित गरिएको रु. १००/- अङ्कित मुल्यका ४,८०,००० कित्ता शेयर र सामूहिक लगानी कोषको लागि छुट्टाईएका ४,८०,००० कित्ता शेयर यस अघिनै बाँडफाँड गरिसकिएको छ ।
    नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पुर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यस कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक, लगानी व्यवस्थापन, शेयर रजिष्टार, संस्थागत परामर्श, अन्डरराईटिङ्ग जस्ता सेवा प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्