News Portal

  • ज्योति बैंकको संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण

    आर्थीकसंसार संवाददाता१८ कार्तिक, २०७७
    १३८९ पटक
    १८ कार्तिक, २०७७

    काठमाडौं । ज्योति विकास बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको संस्थापक समूहको ५४ दशमलव ३५ प्रतिशत शेयर स्वामित्वबाट ३ दशमलव ३५ प्रतिशत शेयर सर्वसाधारणमा परिवर्तन गर्ने निर्णय गरेको हो । योसँगै बैंकको संस्थापक ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत हिस्सा कायम भएको छ । यस्तै, बैंक सञ्चालक समितिको बैठकले यससम्बन्धी कामलाई पूर्णता दिनका लागि राष्ट्र बैंकबाट स्वीकृति लिन प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी दिने निर्णय पनि गरेको छ ।
    बैंक सञ्चालक समितिको बैठकले संस्थापकको हिस्सा ५१ प्रतिशत कायम गर्नका लागि ३ दशमलव ३५ प्रतिशत संस्थापक शेयरलाई साधारण शेयरमा रुपान्तरण गर्ने निर्णय गरेको हो । यस सम्बन्धी कामलाई पूर्णता दिन, नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनका लागि प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी दिने निर्णय पनि बैंक सञ्चालक समितिको बैठकले गरेको छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ४९ करोड रुपैंया रहेको छ । जसअनुसार संस्थापक शेयरको संख्या १ करोड ८९ लाख ९६ हजार ९ सय १९ कित्ता छ ।

    प्रतिकृया दिनुहोस्