News Portal

  • हिमालयन बैंकको १५ लाख ४० हजार कित्ता संस्थापक शेयर विक्रीमा

    आर्थीकसंसार संवाददाता६ भदौ, २०८०
    १९३ पटक
    ६ भदौ, २०८०

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले १५ लाख ४० हजार ७४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।

    बैंकले प्रदिप कुमार विडारीको नाममा रहेको ३५ हजार ९८० कित्ता, प्रभा गोयन्का भीमसरीयाको नाममा रहेको १४ लाख ५१ हजार १८४ कित्ता र जस्मिन तन्डुकारको नाममा रहेको ५२ हजार ९१० कित्ता शेयर विक्रीमा ल्याएको हो ।

    यी शेयरहरूको विक्री मूल्य विक्रेता अनुसार फरक रहेकाले मूल्य सम्बन्धि जानकारीका लागि भने केन्द्रीय कार्यालयमा सम्पर्क राख्न समेत बैंकले अनुरोध गरेको छ ।

    उक्त शेयर खरीद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

    तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।

    प्रतिकृया दिनुहोस्