News Portal

  • नेपाल बैंकले ७ जना ऋणीको सुनचाँदी लिलाम गर्दै

    आर्थीकसंसार संवाददाता६ भदौ, २०८०
    २१५ पटक
    ६ भदौ, २०८०

    काठमाडौं । नेपाल बैंकले धितोमा राखिएको सुनचाँदी लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सुनचाँदी बिक्री गरेर असुल गर्ने भएको हो ।

    बैंकको बालाजु औधोगिक क्षेत्र शाखाबाट देवेन्द्र घिमिरे, बुर्तिवाङ शाखाबाट सेर बहादुर थापा, कान्तिपथ शाखाबाट जेनिशा थापा, चन्द्रमान श्रेष्ठ, भिमा गुरुङ, अचुतम रिजाल, डिल्ली बजार शाखाबाट ईश्वरी सिंह थापाले कर्जा लिएर चुक्ता नगरेपछि धितोमा राखिएको सुनचाँदी लिलामी गर्ने भएको हो ।

    पटक–पटक तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले १५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

    डाँक बढाबढमा सबैभन्दा बढी मूल्य कबुल गर्नेले कबोल अङ्कको १० प्रतिशत रकम धरौटी स्वरूप जम्मा गर्नुपर्नेछ । र, कबोल भएको रकममा बैंकले लिलाम बिक्री गर्ने निर्णय गरेमा तुरुन्त बाँकी ९० प्रतिशत रकम जम्मा गर्नुपर्नेछ ।

    प्रतिकृया दिनुहोस्