News Portal

  • मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंकको काउण्टर सञ्चालन

    आर्थीकसंसार संवाददाता१७ कार्तिक, २०७७
    ११८१ पटक
    १७ कार्तिक, २०७७

    काठमाडौं । मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंक लिमिटेडको काउण्टर सञ्चालन ल्याएको छ । कास्की जिल्ला पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंकले आप्mनो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । मातृशिशु मितेरी हस्पिटल परिसरमा गण्डकी प्रदेशका प्रदेश सभासद् माननीय कृष्णबहादुर थापाले एक समारोहका बीच मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरको समुद्घाटन गर्नुभएको थियो ।
    मातृशिशु मितेरी हस्पिटलमा सञ्चालित प्रभु बैंक लि.को एक्स्टेन्सन काउण्टरबाट विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्वास्थ्यसम्बन्धी कार्यको सिलसिलामा मातृशिशु मितेरी हस्पिटलमा आउने सम्पूर्ण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुनेछ । उपचारको सिलसिलामा मातृशिशु मितेरी हस्पिटलमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम बिना झण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्नपाउने छन् ।
    यस एक्स्टेन्सन काउण्टर सञ्चालनपश्चात् मातृशिशु हस्पिटलको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणालीमार्पmत् हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ । साथै, समाजसेवी भावनाले सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिएको यस बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीहरुको सेवामा समेत उल्लेख्य योगदान पुर्याउने प्रण गर्दछ ।
    प्रभु बैंकले २१० वटा शाखा कार्यालय, १९५ वटा एटीएम, ५६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखारहित बैंकिङ्ग सेवामार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ भन्ने कुरा नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    प्रतिकृया दिनुहोस्