News Portal

  • नेपाल बैंकले ल्यायो सुलभ व्याजदरमा शेयर धितो कर्जा योजना

    आर्थीकसंसार संवाददाता२९ साउन, २०८०
    २७८ पटक
    २९ साउन, २०८०

    काठमाडौं । नेपाल बैंकले शेयर धितो कर्जा योजना ल्याएको छ । बैंकले सुलभ व्याजदरमा अधिकतम तीन दिन भित्रमा कर्जा स्वीकृत हुने गरी उक्त कर्जा योजना ल्याएको जनाएको छ । उक्त कर्जामा सुलभ व्याजदर कायम गरिएको बैंकले जनाएको छ । ५० लाख भन्दा बढिको कर्जामा प्यान अनिवार्य गरिएको छ । बैंकले नेपाल राष्ट्र बैंकले दिएको सिमा भित्र रहेर कर्जा प्रवाह गरिने जनाएको छ ।
    यस योजना अन्तर्गत न्यूनतम ऋण सीमा २,००,००० हुने बैंकले जनाएको छ । यस ऋणको अधिकतम अवधि एक वर्षको हुनेछ। नियामक निकायको नियमबमोजिम ऋणीको सन्तोषजनक कार्यसम्पादनको आधारमा ऋण नवीकरण गर्न सकिने समेत बैंकले उल्लेख गरेको छ ।

    प्रतिकृया दिनुहोस्