News Portal

  • राष्ट्र बैंकले ५ रुपैयाँका १५ करोड सिक्का बजारमा ल्याउने

    आर्थीकसंसार संवाददाता२४ साउन, २०८०
    २०९ पटक
    २४ साउन, २०८०

    काठमाडौं । सरकारले ५ रुपैयाँका दरका १५ करोड थान सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्री परिषदको बैठकले सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    हाल नेपाल राष्ट्र बैंकको टक्सार विभागले १ रुपैयाँ र २ रुपैयाँ दरको सिक्का मात्रै टकमरी गर्दै आएको छ । सरकारले स्वीकृति दिएसँगै अब राष्ट्र बैंकले ५ रुपैयाँ दरको सिक्का बजारमा ल्याउने छ ।

    ५ रुपैयाँ दरको नयाँ सिक्का नयाँ डिजाइनमा आउने छ । जसमा नेपालको संस्कृति झल्कने र राष्ट्रिय जनावर पनि अंकित हुने छ । यसअघि पनि ५ रुपैयाँको सिक्का प्रचलनमा थियो ।

    प्रतिकृया दिनुहोस्