News Portal

  • सुर्यज्योति लाइफ, नारायणी रिजनको रिजनल मिटिङ सम्पन्न

    आर्थीकसंसार संवाददाता२० साउन, २०८०
    १६५ पटक
    २० साउन, २०८०

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेड नारायणी रिजनको स्टाफ रिजनल मिटिङ सम्पन्न भएको छ । नारायणी रिजनका रिजनल म्यानेजर ईश्वर विकल सापकोटाको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।
    कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ को वार्षिक लक्ष्य पुरा गर्न बजारमा प्रस्तुत हुने तरिका, सुर्यज्योति लाईफको बीमा योजनाहरू, नयाँ अभिकर्ता उत्पादन, बजारमा आउने जटिलतालाई कसरी समाधान गर्ने लगायतका विषयमा छलफल भएको हो ।
    कार्यक्रममा नवलपुुर, चितवन, हेटौंडा जिल्लाका सेल्ल स्टाफहरु उपस्थिति रहेको थियो । साबित सुर्या लाइफ र ज्योति लाइफ मर्ज भई कारोबार शुरु गरेको सुर्यज्योति लाइफ  इन्स्योरेन्स लिमिटेडले देशभर १८१ शाखाबाट बीमा सेवा प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्