News Portal

  • कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

    आर्थीकसंसार संवाददाता१५ साउन, २०८०
    ९४ पटक
    १५ साउन, २०८०

    काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको चार हजार ७१८ कित्ता शेयर बिक्रीमा ल्याएको जनाएको छ । कम्पनी संस्थापक शेयरधनी डिल बहादुर वंशी मगरले शेयर बिक्रीका लागि बैंकमा निवेदन पेश गरे अनुसार बैंकले उक्त शेयर विक्री गर्न लागेको हो ।
    कम्पनीले संस्थापक शेयरधनीलाई प्राथमिकता दिदैं खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधि भरी कुनै पनि आवेदन नपरेपछि उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री गरिएको बैंकले जनाएको छ ।
    उक्त शेयर खरिद गर्ने चाहने इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति साउन १५ गतेले ३५ दिन भित्र कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल काठमाडौं १ नक्साल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिन सकिनेछ ।

    प्रतिकृया दिनुहोस्