News Portal

  • दशैंपछि सुनको भाउ एक हजारले घट्यो

    आर्थीकसंसार संवाददाता१३ कार्तिक, २०७७
    १०७४ पटक
    १३ कार्तिक, २०७७

    काठमाडौं । दशैंपछि सुनको भाउ एक हजार रुपैयाँले घटेको छ । सुनको बजार झण्डै एकहप्ता लामो बिदापछि बिहीबार खुलेको छ । दशैंअघि अघिल्लो बिहीबार अन्तिम कारोबार भएको सुन बजार बिहीबारबाट पुनः खुलेको छ ।
    दशैं बिदापछिको पहिलो कारोबार भएको दिन बिहीबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेको हो । बिहीबार छापावाला सुन ९४ हजार ७ सय रुपैयाँ र तेजाबी सुन ९४ हजार २ सय रुपैयाँमा निर्धारण गरिएको छ । गत कार्तिक ६ गते प्रतितोला छापावाला सुन ९५ हजार ७ सय रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले घटेको छ । मंहासघका अनुसार चाँदी प्रतितोला एक हजार १ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्