News Portal

  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर विक्रीमा

    आर्थीकसंसार संवाददाता२९ असार, २०८०
    १४९ पटक
    २९ असार, २०८०

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले १ लाख ४४ हजार ५९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले दुई जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको शेयर विक्रीमा ल्याएको हो । उक्त शेयरमा कम्पनीका संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् ।
    उक्त शेयर खरीद गर्न ईच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको शेयर शाखा, लाजिम्पाट, काठमाडौंमा आफूले खरीद गर्न चाहेको शेयर संख्या खुलाई निवेदन पेस गर्नु पर्नेछ ।
    तोकिएको समय अवधिमा कुनै पनि संस्थापक शेयरधनीबाट आवेदन नपरेमा उक्त शेयर सर्वसाधारण लगानीकर्ताका लागि विक्री गरिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्