News Portal

  • नविल बैंकको नवनियुक्त अध्यक्ष पौड्यालद्वारा शपथ ग्रहण

    आर्थीकसंसार संवाददाता५ कार्तिक, २०७७
    १०८३ पटक
    ५ कार्तिक, २०७७

    काठमाडौं । नविल बैंकको नवनियुक्त अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले शपथ ग्रहण गरेका छन् । नवनियुक्त अध्यक्ष पौड्याललाई आयोजित एक भर्चुअल समारोहबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शपथ ग्रहण गराएका थिए ।
    उक्त शपथ ग्रहण समारोहमा राष्ट्र बैंक तथा नविल बैंकका उच्चपदस्थ कर्मचारीहरुको भर्चुअल उपस्थिति थियो । २०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नविल बैंकमा प्रवेश गरेका पौड्याल आश्विन २० गते बैंक सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका हुन् ।

    प्रतिकृया दिनुहोस्