News Portal

  • मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर विक्रीमा

    आर्थीकसंसार संवाददाता१५ असार, २०८०
    २०३ पटक
    १५ असार, २०८०

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले आफुले धारण गरेको शेयर विक्री गर्न इच्छुक रही संचालक समिति समक्ष निवेदन पेश गरेकाले कम्पनीले संस्थापक शेयर विक्री गर्नका लागि ३५ दिने सुचना जारी गरेको हो ।
    उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले आफुले खरिद गर्न चाहेको शेयर कित्ता र प्रति शेयर मुल्य खुलाई सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ । उक्त समयमा पनि कुनै निवेदन पेश नभएमा बैंकले उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई विक्री गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्