News Portal

  • राष्ट्रिय वाणिज्य बैंकले माग्यो ४६५ जना कर्मचारी, प्लस टुलाई पनि अवसर

    आर्थीकसंसार संवाददाता८ असार, २०८०
    १९१ पटक
    ८ असार, २०८०

    काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्या कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले ४६५ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।
    बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि सहायक (चौथो तह)देखि वरिष्ठ प्रबन्धक (नवौँ तह)सम्म कर्मचारी माग गरेको हो । बैंकले खुलातर्फ २२१ जना, महिलातर्फ ७६ जना, आदिवासी जनजातितर्फ ५९ जना, मधेसीतर्फ ४७ जना, दलिततर्फ २८ जना, अपांगतर्फ १५ जना र पिछडिएको क्षेत्रतर्फ १९ जना कर्मचारी भर्ना गर्न लागेको हो ।
    कुल पदमध्ये सहायक (प्रशासन र नगद) मा मात्रै २५६ जना कर्मचारी भर्ना गर्ने भएको हो । बैंकले आह्वान गरेको विज्ञापनमा प्लस टूदेखि पद अनुसारको योग्यता आवश्यक हुने बैंकले जनाएको छ । इच्छुक उम्मेदवारले असार १० गतेदेखि असार ३० गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरी साउन ६ गतेसम्म दरखास्त पेस गर्न बैंकले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्