News Portal

  • हिमालयन लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशत छुट दिने

    आर्थीकसंसार संवाददाता५ असार, २०८०
    १८० पटक
    ५ असार, २०८०

    काठमाडौं । हिमालयन लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा ब्याज छुट दिने जनाएको छ । साविक प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा असार ४ गतेदेखि असार १५ गतेसम्म पुनर्जागरण गर्दा बीमा शुल्कमा लाग्ने विलम्ब शुल्कमा ब्याज वा जरिवाना छुट दिने जनाएको हो ।
    कम्पनीका अनुसार १ वर्षदेखि ३ वर्षसम्म शत प्रतिशत ब्याज छुट, ३ वर्षदेखि ७ वर्षसम्म ५० प्रतिशत र ७ वर्षदेखि जतिसुकै अवधिकोमा २५ प्रतिशत ब्याज छुट दिने जनाएको छ । यस सम्बन्धी सम्पुर्ण जानकारीको लागि कम्पनीले अभिकर्ता, शाखा तथा उप शाखा कार्यालयमा बुझन आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्