News Portal

  • सिटिजन्स बैंकद्वारा लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता३ कार्तिक, २०७७
    १५३१ पटक
    ३ कार्तिक, २०७७

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ मुनाफाबाट चुक्ता पुँजीको ७.७० प्रतिशत बोनस र करसहित ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
    कार्तिक ३ गते सोमबार बसेको बैंकको ३४५ औं सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीलाई प्रस्तावित लाभांश वितरण गर्ने बैंकले जनाएको छ । उक्त प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा ४ प्रतिशत कम हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा सेयरधनीलाई १५ प्रतिशत लाभांश (३ प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद) वितरण गरेको थियो ।
    बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्न प्रारम्भिक सम्झौता गरी प्रक्रिया अघि बढाएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकले तिनाउ मिसनलाई १००ः९६ को सेयर स्वाप रेसियोमा प्राप्ति गर्ने भएको हो ।

    प्रतिकृया दिनुहोस्