News Portal

  • नेशनल माइक्रोफाइनान्सको बोनश शेयर सूचिकृत

    आर्थीकसंसार संवाददाता२६ जेठ, २०८०
    १०२ पटक
    २६ जेठ, २०८०

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित बोनश शेयर आज नेप्सेमा सूचिकृत गराएको हो ।
    संस्थाको १५ प्रतिशतका दरले हुन आउने कुल ८ लाख ८० हजार १२ कित्ता बोनश शेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको बोनश नेप्सेमा सूचिकृत भएसँगै सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

    प्रतिकृया दिनुहोस्