News Portal

  • माछापुच्छ्रे बैंकले धितोमा राखिएको कार बेच्दै

    आर्थीकसंसार संवाददाता
    ११३ पटक

    काठमाडौं । माछापुच्छ्रे बैंकले धितोमा राखिएको सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो ।
    बैंकको लाजिम्पाट शाखा कार्यालयबाट ऋणी सजिना श्रेष्ठलाई कर्जा चुक्ता गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ ।
    बैंक धनी भएको ऋणी श्रेष्ठको नाममा दर्ता कायम बा १४ च ७५२७ नम्बरको मारुती सुजुकी कम्पनीको कार बिक्रीमा राखिएको हो ।
    बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले २१ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्