News Portal

  • आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सिटिजन लाइफ बुटवल एरियाद्धारा होमस्टे कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१४ जेठ, २०८०
    ३१७ पटक
    १४ जेठ, २०८०

    काठमाडौं । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ सिटिजन लाईफ बुटवल शाखाले दुई दिने होमस्टे कार्यक्रम सम्पन्न गरेको छ । सिटिजन लाइफ बुटवल एरियाले २०८० जेठ १२ र १३ गते स्याङ्जा जिल्लाको सिरुबरीमा ८० जनाको सहभागितामा सिरुबारी होम स्टे कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको हो ।
    कार्यक्रममा बुटवल एरिया अन्तर्गतका बुटवल, बर्दघाट, देवदह, कावासोति, फर्साटिकर , मुर्गिया र पाल्पा शाखाका शाखा प्रमुख सहित सिटिजन लिडरहरुको सहभागिता रहेको थियो । सिरुबारि परिवारले पंचेबाजा सहित माला लगाएर स्वागत गर्दै पाहुनाको स्वागत गरेको थियो ।
    उपस्थित भएका पाहुनालाई सिरुबारिको मौलिक सांस्कृतिक कार्यक्रम द्वरा भरपुर मनोरञ्जन प्रदान गरेको थियो । दुई दिन एक रातको उक्त कार्यक्रम निकै भव्य रहेको र यो कार्यक्रमले कम्पनिको ब्यवसायिक उपलब्धिमा ठुलो टेवा पुग्ने विश्वास लिइएको छ । कार्यक्रम भिम सुबेदि र उत्तम परियरले संयोजन गरेका थिए भने सबै शाखा प्रमुखले आफ्नो आफ्नो भुमिका निर्वाह गरेका थिए ।

    प्रतिकृया दिनुहोस्