News Portal

  • पूर्ण तथा आंशिक अवधि भुक्तानी बुझिलिन बीमितहरुलाई नेपाल लाइफको आग्रह

    आर्थीकसंसार संवाददाता११ जेठ, २०८०
    १८९ पटक
    ११ जेठ, २०८०

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पूर्ण अवधि भुक्तानी तथा आंशिक अवधि भुक्तानी लिन आउन बीमितहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै यस कम्पनीबाट विभिन्न मितिमा विभिन्न योजना अन्तर्गत बीमालेख लिएका तर योजना बमोजिमको रकम लिन नआएको बीमितहरुलाई उक्त रकम लिन आउन आग्रह गरेको हो ।
    यस कम्पनीहरुबाट जारी पूर्ण अवधि भुक्तानी (म्याचुरिटी) रकम तथा आंशिक अवधि भुक्तानी रकम नलिएका बीमित तथा हकवालाले आफ्नो बीमालेख अन्तर्गतको सुविधा रकम प्राप्त गर्न कम्पनीको विभिन्न शाखा कार्यालयहरुमा सम्पर्क गर्न आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्