News Portal

  • सिटिजन्स बैंकले तिनाउ मिसनलाई प्राप्ति गर्ने

    आर्थीकसंसार संवाददाता२ कार्तिक, २०७७
    ११०३ पटक
    २ कार्तिक, २०७७

    काठमाडौं । सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौता भएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकले तिनाउ मिसनलाई १००ः९६ को सेयर स्वाप रेसियोमा प्राप्ति गर्ने भएको हो । यी दुई संस्थाले कार्तिक १ गते मात्र उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
    सो प्रयोजनको लागि तिनाउ मिसन डेभलपमेन्ट बैंकको आज (कार्तिक २ गते) देखि सेयर कारोबार रोक्का भएको छ । यससँगै उक्त प्राप्ति प्रक्रिया नसकिएसम्म संस्थाको सेयर कारोबार बन्द हुने छ ।

    प्रतिकृया दिनुहोस्