आर्थीकसंसार संवाददाता३० असोज, २०७७
३० असोज, २०७७काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले बचत खातामा न्युनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ । त्यस्तै, बैंकले मुद्दती निक्षेपमा ७ प्रतिशतदेखि ९ प्रतिशतसम्म ब्याजदर दिने बैंकले जनाएको छ ।