News Portal

  • ‘टिभिएस दशैंको आशा’ को तेस्रो हप्ताको विजेता घोषित

    आर्थीकसंसार संवाददाता३० असोज, २०७७
    १२६४ पटक
    ३० असोज, २०७७

    काठमाडौं । टिभिएसले ‘टिभिएस दशैंको आशा’ योजनाअन्तर्गत दोस्रो हप्ताको विजेता घोषणा गरेको छ । कम्पनीले गोलाप्रथाबाट गणेशप्रसाद गौतमलाई तेस्रो हप्ताको विजेता छनोट गरेको हो । यससँगै उनले टिभिएस अपाचे आरआर ३१० जित्नेका छन् ।
    टिभिएस दशैंको आशा योजनाअन्तर्गत ग्राहकले टिभीएसको मोटरसाइकल खरिद गरेर वा खरिद नगरी पनि यो योजनामा सहभागी बन्न सक्ने छन् । यो योजनाअन्तर्गत हरेक हप्ता एभिन्यूज टेलिभिजन र टिभिएसको फेसबुकमा प्रत्यक्ष प्रसारणमार्फत गोलाप्रथाद्वारा विजेता घोषणा गरिने छ
    ‘टिभिएस दशैंको आशा’ योजनाअन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९००० र स्कूटरको खरिदमा ७००० हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सकिनुको साथै ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर शुन्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने छन् । यी दुई मध्ये कुनै एक स्कीम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ ।
    यस योजनाको बम्पर उपहारका रूपमा हरेकहप्ता एकजनाले जित्न सक्ने आरआर ३१० टिभिएसकै सबैभन्दा महँगो मोटरसाइकल जित्नेछन् । यसको लागि हरेक हप्ता हुने लक्की ड्रमा भाग लिन चाहने जो कोहीले पनि यस लिंकमा गएर फारम भर्नुपर्ने छ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन् भने आरआर ३१० जित्ने अवसर पाउने छन् । यस बम्पर योजनाको आकर्षण भनेको जो कोहीले पनि आफ्नो छनौट वा किन्नको विकल्पको बावजूद पनि भाग लिन र जित्न पनि सक्ने अवसर पाउनु हो ।

    प्रतिकृया दिनुहोस्