News Portal

  • नेप्सेमा बिपिडब्लु लघुवित्तको आइपीओ सूचिकृत

    आर्थीकसंसार संवाददाता१७ बैशाख, २०८०
    ३०९ पटक
    १७ बैशाख, २०८०

    काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आइपीओ सूचिकृत भएको छ । बिपि डब्लु लघुवित्तले सर्वसाधारणको लागि निष्कासन गरेको ९७ हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको २ लाख ३ हजार कित्ता गरेर कुल ३ लाख कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।
    नेप्सेले बिपिडब्लुको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम ८६ रुपैयाँ ७८ पैसा देखि अधिकतम २६० रुपैयाँ ३४ पैसासम्मको मूल्य रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर भोलि सोमवारदेखि कारोबारमा आउनेछ ।
    साथै शेयर सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा मेगा क्यापिटल मार्केट्स लिमिटेडले दिने कम्पनीले जनाएको छ । बिपीडब्लु लघुवित्तको BPW सिम्बलबाट कारोबार हुने छ

    प्रतिकृया दिनुहोस्