News Portal

  • चितवन-२ मा भारी मतान्तरले रवि लामिछाने विजयी

    आर्थीकसंसार संवाददाता१२ वैशाख, २०८०
    ३७१ पटक
    १२ वैशाख, २०८०

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ मा भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका हुन् ।
    उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाए  । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ । एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए ।
    लामिछानेले यसअघि गत मंसिर ४ गते ४९ हजार ३०० मत पाएका थिए ।

     

    प्रतिकृया दिनुहोस्