News Portal

  • लक्ष्मी बैंकले स्थापना गर्यो २५ लाखको छात्रवृत्ति कोष

    आर्थीकसंसार संवाददाता११ बैशाख, २०७९
    ४९८ पटक
    ११ बैशाख, २०७९

    काठमाडौं । लक्ष्मी बैंकले २५ लाखको छात्रवृत्ति कोष स्थापना गरेको छ । लक्ष्मी बैंकको छोरी शिक्षित, देश शिक्षित अभियान अनुसार २५ लाखको छात्रवृत्ति कोष स्थापना गरेको हो ।
    सम्झौतामा प्रहरी महानिरीक्षक बसन्त कुँवर र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहको उपस्थितिमा बैंकको तर्फबाट रिटेल फाइनान्स सर्भिसेसका प्रमुख दिपेश अमात्य र नेपाल प्रहरीको तर्फ बाट नायब महानिरीक्षक केदार ढकालले हस्ताक्षर गरेका हुन् ।
    सो छात्रवृत्ति कोषबाट प्रहरी विद्यालयहरुमा अध्ययनरत अमर/सहिद, बहालवाला, पूर्व एवं अवकाश प्राप्त, अशक्त जुनियर प्रहरी अधिकृत दर्जाका परिवारका जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिने छ ।

    छात्रवृत्तिको छनोट प्रक्रिया नेपाल प्रहरीले व्यवस्थापन गर्ने छ भने लक्ष्मी बैंकले आर्थिक सहयोग प्रदान गर्नेछ । यस पहलले लक्ष्मी बैंकको छोरी शिक्षित, देश शिक्षित अभियानलाई अझ विस्तार गर्नुका साथै योग्य छात्राहरुलाई शिक्षाको माध्यमबाट सशक्त बनाउने कुरामा बैंकले जनाएको छ ।
    साथै, बैंकले आगामी पाँच वर्षसम्म ७ लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने प्रतिबद्वता जनाएको छ ।

    प्रतिकृया दिनुहोस्