News Portal

  • प्रभु बैंकले किसानहरुलाई सहुलियतमा सजिलै कर्जा दिने

    आर्थीकसंसार संवाददाता८ वैशाख, २०७९
    ३२२ पटक
    ८ वैशाख, २०७९

    काठमाडौं । प्रभु बैंक, आर एण्ड डि ईन्नोभेटिभ सोलुशन र इनफिकेयरबिच किसानहरुलाई सुलभ वित्तिय कर्जा उपलब्ध गराउने विषयमा त्रिपक्षीय सम्झौता भएको छ ।
    उक्त सम्झौता पत्रमा ईन्नोभेटिभ सोलुशनकी प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेम्हाफूकी, इनफिकेयरका निर्देशक सबिन मानन्धर र बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
    यस साझेदारीको मुख्य उद्देश्य किसानहरूको व्यवसाय विकाश र विस्तारमा केन्द्रित गर्ने रहेको बैंकले जनाएको छ ।
    प्रभु बैंकले ३६५ शाखा कार्यालयहरु ७१ एक्स्टेन्सन काउन्टर तथा ३०९ एटिएमबाट बैंकिङ सुविधा दिँदै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्