News Portal

  • राष्ट्रिय सहकारी बैंकको वित्तीय विवरण सार्वजनिक

    आर्थीकसंसार संवाददाता६ बैशाख, २०८०
    ४५० पटक
    ६ बैशाख, २०८०

    काठमाडौं । राष्ट्रिय सहकारी बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले बुधबार चैत मसान्तको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
    २ अर्ब ९४ करोड ३० लाख १६ हजार रुपैयाँ सेयर पुँजी रहेको यस बैंकले ४४ अर्ब ४३ करोड ३ लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने कुल ३३ अर्ब ६४ करोड ९१ लाख २० हजार रुपैयाँ ऋण लगानी गरेको छ ।
    बैंकसँग कुल २४.३८ प्रतिशत अर्थात् १० अर्ब ८३ करोड २४ लाख रुपैयाँ तरलता रकम छ । यो हिसाबले अर्थतन्त्र समस्यामा रहेको बेलामा पनि यो बैंक स्वस्थ देखिन्छ । १५ हजार ८७५ हजार कुल सेयर सदस्य रहेको यस बैंकको कुल २ हजार ५ सय १७ जना ऋणी सदस्य रहेका छन् ।
    १ अर्ब १३ करोड ७१ लाख ७६ हजार रुपैयाँ संस्थागत पुँजी रहेको राष्ट्रिय सहकारी बैंकको कुल सम्पत्ति भने ५२ अर्ब २५ करोड ६४ लाख रुपैयाँ बराबरको रहेको छ ।

     

    प्रतिकृया दिनुहोस्