News Portal

  • नबिल बैंकका सिइओ ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित

    आर्थीकसंसार संवाददाता३ बैशाख, २०८०
    २२६ पटक
    ३ बैशाख, २०८०

    काठमाडौं  । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएका छन् ।
    ढुंगाना लामो समयदेखि बैंकिङ क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवा श्री’ सम्मान गरेका हुन् ।
    बैकिङ क्षेत्रमा साढे दुई दशक लामो अनुभव सँगालेका ढुङ्गाना नेपाल बंगलादेश बैंकमा १० वर्ष सिइओ भएका थिए ।
    त्यसअघि उनी नेपाल क्रेडिट एण्ड कमर्स बैंकका महाप्रबन्धक थिए । राष्ट्र बैंकको निर्देशक पद छाडेर ढुङ्गाना निजी बैंकमा काम गर्न आएका थिए ।
    भारतमा चार्टर्ड एकाउन्टेन्सी गरेका ढुङ्गानाले अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर गरेका छन् ।

    प्रतिकृया दिनुहोस्