News Portal

  • विनोदप्रसाद धितालद्वारा अनुवादित भगवान श्री सत्य साई बाबाको जिवन-चरित्र तथा उपदेशात्मक कृति सत्यम् शिवम् सुन्दरम् को साई लोकार्पण

    आर्थीकसंसार संवाददाता३० चैत, २०७९
    ४०५ पटक
    ३० चैत, २०७९

    काठमाडौं । प्रो. एन्. कस्तुरीद्वारा लिखित श्री भगवान सत्य  साई बाबाको अb\भुत जीवन चरित्र तथा उपदेशात्मक कृति सत्यम् शिवम् शुन्दरम् (भाग १-४) को नेपाली बाङ\मयका स्रष्टा तथा साहित्यकार श्री विनोद प्रसाद धितालद्वारा अनुवादित पुस्तकको साई अर्पण कार्यक्रम २०८० बैशाख २ गते राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा हुँदैछ । यस कार्यक्रमका अतिथिहरुमा नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व उपकुलपति प्रा. डा. जगमान गुरुङ तथा सत्य साई ग्लोवल काउन्सिल क्षेत्र नं. ४ का अध्यक्ष अमरबहादुर कार्की रहनुभएको छ । डा. अच्युत धिताल  तथा गीता धिताल प्रकाशक रहनुभएका यी अनुवादित पुस्तकहरुको मुद्रण तथा वितरण वुद्ध प्रकाशनले गरेको छ ।
    भगवान श्री सत्य साई बाबाका लीला, महिमा र प्रेमपुर्ण उपदेशहरुवाट लाखौं लाख ह्रदयहरु आध्यामिकताको ज्योतिले प्रज्वलित भईरहेका छन् । उहाँको दिव्य ईश्वरीय शक्तिको रहस्य वुझ्न उहाँमा नै भक्तिभावले शरणागत हुनेहरु आज विश्वभरी असंख्य छन् । तसर्थ अंग्रजीमा लिखित तथा नेपालीमा अनुवादित सत्यम् शिवम् शुन्दरम् श्री सत्य साई बाबाको सच्चारित्र जीवनी मात्र नभई “सत्य साई भागवत” हो भन्नुमा कुनै अल्युक्ति नहोला ।
    भगवान श्री सत्य साई बाबाले आफ्नो अवतारको आगमन हुनुको मुख्य उदेश्य (१) धर्म स्थापना (२) वेद संरक्षण र (३) विद्धत पोषणका लागि हो भनी वताउनुभएको छ । यसै सन्दर्भमा भगवानवाट शान्ति र आनन्द प्राप्तिका लागि (१) देवप्रिति (२) पापनीति  र (३) संघनीति  अर्थात ईश्वर प्रति सदा प्रेम, पाप कर्म  देखि डर र समाजमा नैतिकता विद्यमान हुनुपर्ने कुरा औंल्याउनु भएको छ ।
    भगवान बाबा ‘प्रेम’ र ‘सेवा’ ईश्वर प्राप्तिका लागि एउटै सिक्काका दुई पाटा हुन् भन्नुहुन्छ । “मानव सेवा नै माधव सेवा हो” उहाँ आज्ञा गर्नुहुन्छ । ईश्वर प्राप्तिका लागि यस कलिकालमा एक मात्र सरल उपाय भगवानको नाम स्मरण हो भन्ने कुरा उहाँ वताउनु हुन्छ ।
    सत्यम् शिवम् शुन्दरम् भगवान सत्य साईको अनेकौं लीला, महिमा र सदुपदेशहरुले भरिएको छ  र यसले उहाँको अनन्त, अलौकिक शक्तिवारे प्रकाश पारेको छ । उहाँवाट गरिएको अनेकौं चमत्कार  र असाधारण रोग निवारणका विवरण पनि यसमा पाईन्छ ।
    साथै श्री बाबावाट सर्व हिताय भेदभाव रहित निशुल्क शिक्षा (नर्सरी देखि उच्च शिक्षा सम्म), निशुल्क स्वास्थ्य उपचार, निशुल्क खानेपानी  वितरण  आदि जस्ता अनुकरणिय कार्यहरुको लागि स्थापना गर्नुभएका र संचालनमा ल्याउनुभएका आदर्शस्वरुपका नमुना स्कूल, कलेज, अस्पताल  र खानेपानी योजनाहरुको सविस्तार वर्णन यसमा पाईन्छ ।
    सम्पूर्ण वेद,उपनिषद,गिता आदि धर्म शास्त्रहरुका जटिल र सारगर्भित कुराहरुलाई सरल र मिठासपुर्ण भाषामा सर्वसाधारण सबैले वुझ्ने गरि यसमा विस्तृत वर्णन, ब्याख्या गरिएको छ, जसमा आध्यामिकता तर्फ मानिसको मन आकृष्ट गर्ने र मानसिक परिवर्तन गर्ने उद्देश्य निहित छ ।
    आजको कोलाहल विश्व हत्या, हिंसा कलह, त्रास र युद्धले ग्रसित छ । के घर, के परिवार, के गाउँ, के शहर सम्पुर्ण विश्वनै अशान्तिको चपेटोमा परेको छ । तसर्थ श्री भगवान बाबावाट आज्ञा भएको Love All, Serve All, Help Ever, Hurt Never (सवैलाई प्रेम गर, सवैको सेवा गर, सदैव सहयोग गर , कहिल्यै कसैलाई चोट नपु¥याउ ) भन्ने उक्तिलाई अनुसरण गरी हाम्रो विचार, वोली र कार्यमा एकरुपता ल्याई उहाँले वारम्वार दोहो¥याईरहने १८ पुराणको सार “परोपकार पुण्याय पापाय परिपिडन” लाई आत्मासात  गर्न सकेमा ईश्वर सम्म पुग्ने गन्तब्य पहिल्याउन सकिने छ ।
    अन्त्यमा अनुवादकले श्री भगवान बाबाको अb\भुत जीवन चरित्र तथा उपदेशात्मक कृति सत्यम् शिवम् शुन्दरम् को नेपाली अनुवादले वर्तमान तथा अनन्त नेपाली भाषा-भाषीलाई श्री सत्य साईको रसास्वादन प्रदान गर्नुको साथै प्रतिक्षण भगवान प्रति निर्मल भक्तिभाव वढाउन सकोस भन्ने हार्दिक कामना गर्नुभएको छ । पुस्तकको मूल्य प्रति भाग रु. १५०।– रहेको छ ।

    अनुवादकको परिचय

    आध्यात्ममा विशेष अभिरुचि राख्ने गोरखा जिल्ला निवासी धिताल एक विद्वान व्यक्तित्व, नेपाली वाङ\मयका अथक साहित्य साधक र स्रष्टा एवं कुशल प्रशासकको रुपमा सुपरिचित हुनुहुन्छ । उहाँले पूर्वीय जगतका धर्म, संस्कृति, मूल्य र मान्यताका वहुमुल्य पक्षहरुलाई अंगिकार गरी आधुनिक पाश्चात्य जगतका प्रगतिवादी विचारलाई आफ्नो कर्म र दर्शनमा अँगाल्नु भएको पाईन्छ । तत्कालिन श्री ५ को सरकारको सचिव पदवाट सेवानिवृत्त हुनुभएका धितालका प्रकाशित कृतिहरुमा ‘राधामिलन’ ( खण्डकाव्य, वि.सं. २०१३), ‘आचार्य विष्णुगुप्त चाणक्य (अनुदित उपन्यास, वि.सं. २०२३), ‘उज्यालो हुनुअधि’ (आञ्चलिक उपन्यास, वि.सं. २०२५), द डिभाइन कमेडी (The Divine Comedy, अनुदित पद्यात्मक महाकाव्य, वि.सं. २०४०), योजनगन्धा (पौराणिक उपन्यास, वि.सं. २०५२), श्री साई सत्यरित्र ( नेपालीमा अनूदित, वि. सं. २०५५), अस्ताएका चन्द्रमासँग (कविता संग्रह, वि.सं. २०५८) र सत्यम् शिवम् शुन्दरम् ( भाग १-४, नेपालीमा अनूदित,वि.सं.२०७९) आदि रहेका छन् । यी मध्ये योजनगन्धा उपन्यासका लागि मदन पुरस्कार ( वि.सं.२०५२), साझा पुरस्कार वि.सं. २०५२, हरि उत्कृष्ट पुरस्कार (वि.सं. २०५८) र द डिभाइन कमेडी (The Divine Comedy) का लागि ईटालीवाट प्रदान गरिने अन्तर्राष्ट्रिय दौते पुरस्कार ‘लेक्चरर दौतिस’ सूवर्ण पदक ( ई. सं. १९९४) वाट उहाँ सम्मानित र पुरस्कृत हुनुहुन्छ ।

    प्रतिकृया दिनुहोस्