News Portal

  • ११ बुँदै काठमाडौं घोषणा पत्र जारी गर्दै सकियो सहकारी महासम्मेलन

    आर्थीकसंसार संवाददाता२५ चैत, २०७९
    ४६६ पटक
    २५ चैत, २०७९

    काठमाडौं । सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी गरी मूल्य श्रृंखला विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निमार्ण गर्न महासम्मेलनले जोड दिएको छ । काठमाडौंमा आज सम्पन्न तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन ११ बुँदे घोषणा पत्र जारी गर्दै सहकारीले आत्मनिभर अर्थतन्त्र निमार्णमा लाग्नु पर्ने उल्लेख छ । त्यसै गरी, वातावरण मैत्री कृषि, उत्पादनमा वृद्धी आयात प्रतिस्थापन, निर्यात प्रर्वद्धन र रोजगारी सिर्जना गर्न सार्वजनिक निजी र सहकारी साझेदारी माोडेललाई अगाडि बढाईने घोषणा पत्रमा उल्लेख छ । नविन सोच र सिर्जनात्मकताका आधारमा सहकारी मार्फत कृषि पर्यटन, जलश्रोत, स्वास्थ्य, शिक्षा, उद्योग लगायतका क्षेत्रमा लगानी वृद्धि गर्ने प्रतिवद्धता महासम्मेलनले गरेको छ ।
    विशिष्टीकृत सहकारी संघमार्फत बृहत र विशिष्ट उत्पादनको विकास, कृषि र पशुजन्य क्षेत्रको प्रवद्र्धन एवं ठुला कृषि फार्मको स्थापना, कृषि जन्य वस्तु तथा सेवाको मूल्य तथा आपूर्ति श्रृंखला विकास गरी सहकारीको ब्राण्ड प्रवद्र्धन गर्ने जनाईएको छ ।
    त्यसैगरी, सहकारी सिद्धान्त, मूल्य, मान्यता र विधिको परिपालना गरी सहकारीको पहिचान स्थापित गर्न सहकारी संस्थाहरुमा स्वनियमन र सुशासन कायम गर्दै सदस्य केन्द्रित व्यवसायको माध्यमबाट गुणात्मक सहकारी अभियान निर्माणमा प्रतिवद्धता जनाईएको छ । सदस्यको बचतको सुरक्षाका लागि सहकारी क्षेत्रमा विश्वास अभिवृद्धि गर्न राष्ट्र व्यापी रुपमा जागरण अभियान सञ्चालन गर्न, सहकारी क्षेत्रको दिगोपनका लागि कानुनले परिकल्पना गरेका प्रवद्र्धनात्मक व्यवस्था कार्यान्वयनका लागि आवश्यक पहलकदमी गर्न र अर्थतन्त्रमा देखा परेका समस्याका कारण सहकारी क्षेत्रमा सृजना भएको तरलता संकुचनको समस्या समाधानार्थ तिनै तहका सरकारको तर्फबाट सम्बोधन गर्न सामूहिक रुपमा बहस पैरवीका लागि पहल गरिने घोषणा पत्रमा उल्लेख छ ।
    साथै, सहकारीको स्वस्थ्य एवं प्रतिष्प्रर्धात्मक क्षमता अभिवृद्धिका लागि एकिकरणलाई अभियानको रुपमा सञ्चालन गनर््ुका साथै नवप्रविधिलाई आत्मसाथ गर्दै गुणस्तरीय सेवा प्रवाह गर्न प्रतिबद्ध जनाईएको छ । सरकार मातहत रहेका कोषहरु सहकारी वैंक मार्फत सहुलियतपूर्णरुपमा लगानी गर्न तथा उच्चतम प्रविधि अपनाउन सामूहिक पहलकदमी गर्ने बताईको छ ।
    दिगो विकासका लक्ष्य प्राप्तिका लागि सहकारी संघ संस्थामा महिला तथा लैंगिक समानता, युवा तथा सिमान्तकृत वर्ग बीच सामाजिक समावेशिता कायम गर्दै वित्तीय पहुँच वृद्धि गर्दै जाने उल्लेख छ । सहकारी क्षेत्रलाई आवश्यक जनशक्ति निर्माण गर्न औपचारिक शिक्षामा सहकारी विषय अध्ययन अध्यापन गराउन तथा सहकारीमा क्षमतावान मानव संसाधनलाई आकर्षित गर्दै स्थायित्व कायम गर्न सामूहिक पहलकदमी गर्न समेत उल्लेख छ ।
    सहकारी क्षेत्रको तथ्यांक अद्यावधिक गर्ने, सहकारीको अध्ययन अनुसन्धानमा लगानी वृद्धि गरी समग्र अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदानको मापन गर्ने प्रणाली विकासका लागि पहलकदमी लिने महासम्मेलनको प्रतिवद्धता छ ।
    थोरै पुँजीलाई सही सदुपयोग गर्दा राम्रो उपलब्धी हाँसिल गर्न सकिने उनको भनाई छ । कुल जनसंख्याको ६० प्रतिशत जनसंख्यालाई कृषिको क्रान्तिमा जोड्न सके मूलुका खाद्यान्नमा आत्मनिर्भर हुन सक्ने पूर्व प्रधानमन्त्री ओलीले बताए ।
    ‘मानिसको खाना पाउनु पहिलो अधिकार हो’, उनले भने, ‘अब सहकारीले खाद्य सुरक्षामा जोड दिनुपर्छ । खान नपाए बर्बाद भइन्छ । लुगा त एकदुई वर्ष धान्छ ।’
    त्यस्तै कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार नवराज घिमिरेले सहकारीको ऋण तिर्न पर्दैन भन्दै अफवाह फैलाउनेहरुलाई कानुनी कठाघरामा ल्याईने बताएका छन् । सहकारी ऐन नियममा भएका व्यवस्थाहरुलाई कार्यान्वयन गरी सहकारीलाई व्यवस्थित गर्न विभाग तयार रहेको प्रतिवद्धता जनाए । सहकारी खतराको डिलमा नपरेको भन्दै विश्वासलाई डग्मगाउन नदिनकालागि सहकारी अभियान्ताहरुलाई सचेत भएर लाग्न आग्रह गरे । सहकारी ऐन नियम परिवर्तन गरेर भएपनि सस्थागत संरचना निमार्ण पहल गर्र्न घिमिरेले बताए ।

     

    प्रतिकृया दिनुहोस्