News Portal

  • सनराइज बैंकले रोज भिलेज हाउजिङ्ग भित्र रहेको घरजग्गा बेच्दै

    आर्थीकसंसार संवाददाता२४ चैत, २०७९
    २६८ पटक
    २४ चैत, २०७९

    काठमाडौं । सनराइज बैंकले आफ्नो स्वामित्वमा रहेको गैरबैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले भक्तपुरको बालकोट ३ स्थित ६ वटा कित्ता बिक्री गर्ने भएको हो ।
    बैंकले बालकोट स्थित रोज भिलेज हाउजिङ्ग भित्र रहेका घरजग्गा बिक्री गर्ने जनाएको छ । बैंकका अनुसार कित्ता नम्बर ९० को ०-२-२-०, कित्ता नम्बर ९१ को ०-०-३-०, कित्ता नम्बर ९२ को ०-१-२-०, कित्ता नम्बर १८८२ को ०-०-३-०, कित्ता नम्बर २५५० को ०-४-०-२ र कित्ता नम्बर ०-७-१-१ क्षेत्रफल भएका घरजग्गा बिक्री गर्ने भएको हो ।
    बैंकले जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले १५ दिन अर्थात् बैशाख ८ गतेभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्