News Portal

  • कामना सेवा विकास बैंकको लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता१९ चैत, २०७९
    ३३९ पटक
    १९ चैत, २०७९

    काठमाडौं । कामना सेवा विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ४.६४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
    बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२३ प्रतिशत नगद गरी कूल ४.६४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
    बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

     

    प्रतिकृया दिनुहोस्